newskoseli.Com

नेपाली युवतीको विदेशीसँग बिहे : ‘सुखी जीवनको सपना’ भताभुंग

चीनमा ४ वर्ष ८ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् ।

उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । काठमाडौंमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए । बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता, उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए ।

हङकङ गएर पैसा कमाउने र घरपरिवारलाई पनि केही आडभरोसा दिने सपना बोकेर चिनियाँ युवकसँग बिहे गरेर आएकी सुनिता ४ वर्ष ८ महिनासम्म चरम हिंसा र दमन सकेर खालि हात नेपाल फर्किएको खबर चेतनाथ आचार्यको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर