newskoseli.Com

यात्रु नै नपाएपछि दुई महिना सर्‍यो जापानतर्फको उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ ।

निगमले असार १९ देखि तय गरेको जापानको ओसाका उडान करिव दुई महिना पर सारेर भदौ १२ देखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर पनि यात्रु बुकिङ नभएको बहानामा जापानतर्फको उडान एक महिना २६ दिन पर धकेलेको हो ।

जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने–आउने नेपालीका निम्ति ‘अफ सिजन’ समेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नु परेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएको खबर राजु बास्कोटाको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर