newskoseli.Com

प्रहरीको छवि : ‘निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुनकाण्ड’

महेन्द्रनगर, कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो ।

यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का–उपशङ्का उब्जिए । साथै, जनविश्वास गुमाएको आरोप प्रहरीले खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा कमजोर बन्दै गएको हो त ? तर, विज्ञहरू स्रोत र साधनको अभावबीच पनि नेपाल प्रहरी अपराध अनुसन्धानमा अग्रस्थानमा रहेको बताउँछन् ।

सफल अपराध अनुसन्धान, नियमित कामकारबाही र निरन्तरताले भने नेपाल प्रहरी दक्षिण एसियाका अन्य प्रहरी सङ्गठनको तुलनामा अब्बल र उत्कृष्ठ नै रहेको सुरक्षा विश्लेषकहरूको दाबी छ । दक्षिण एसियामा भुटानपछि नेपाल शान्त र सुरक्षित मुलुकका रूपमा परिचित छ । यसको मुख्य आधार सुरक्षाअनुभूति हो– एक विश्लेषकको धारणा छ ।

‘राज्यका चार वटा सुरक्षा निकायहरूमा प्रहरी अपराध अनुसन्धानका अतिरिक्त शान्ति सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी पाएको सुरक्षा सङ्गठन हो,’ सुरक्षा विश्लेषक हेमन्त मल्ल ठकुरी भन्छन्– ‘निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन ।’

‘ती घटनामा प्रहरी कर्मचारीको ‘नियत वा कुनै अन्य कारणले’ कमीकमजोरी भएको हुन सक्छ’– उनको भनाइमा एक–दुई घटनालाई देखाएर सिङ्गो सुरक्षा व्यवस्था र अपराध अनुसन्धानमा प्रहरीको क्षमतामाथि प्रश्न उठाउन नमिल्ने खबर देवबहादुर कुँवरको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर