newskoseli.Com

सईले ‘यौनदासी’ बनाएकी श्रीमतीलाई श्रीमानको यस्तो साथ !

श्रीमतीलाई पटक–पटक यौनहिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान्–श्रीमती दुवैको ज्यान मार्ने हदसम्मका धम्की र दबाब उनीहरुले सहिरहेका छन् ।

समाजमा यस्ता श्रीमान् पनि छन्, जो श्रीमतीलाई परपुरुषले ‘यौनदासी’ बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्– ‘श्रीमतीको खुसीका लागि जे गर्न पनि तयार छु ।’ उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमानले नेपाल जानकारी गराए– ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भनें– जे भयो, भयो; अब त्यसो नगर्नोस्, मेरो घरपरिवार सबै बिग्रन्छ ।’ उनले भने– ‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपञ्च रच्यो ।’

नेपाली समाजका विकृति र केही उदाहरणीय पात्रसम्बन्धी यो खबर मोतिराम तिमल्सिनाको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर