newskoseli.Com

देशैभर व्यापक गर्मी : मनसुनमा ढिलाइकाे प्रभाव…

नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा तराई क्षेत्र, राजधानी काठमाडौं र देशैभर गर्मी व्यापक बढेको छ ।

सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । ‘मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भए पनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,’ मौसमविद गंगा नगरकोटीले भने– ’प्रि–मनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ, त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पूरा गर्नुपर्छ । तर, अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’

यसअघि असारको पहिलो साता मनसुन सुरु हुने अनुमान गरिएको थियो । चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ । नगरकोटी भन्छन्– ‘दक्षिण भारत आइपुगेको मनसुन त्यहीं रहेको छ ।’

अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्चचापीय वायु नै नेपालको मनसुनको मुख्य आधार भएको खबर चाँदनी हमालको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर