एक सातायता बढेको तापक्रमले काठमाडौं उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ ।
गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनका लागि बिदा समेत दिएका छन् । काठमाडौंमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महशुस भयो । शुक्रबार काठमाडौंमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले भने देशैभरको तापक्रम अब नबढ्ने जनाएको छ ।
आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ रहेको खबर वीरेन्द्र ओलीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।