newskoseli.Com

दैनिक १५ जनाले गर्छन् आत्महत्या : इन्टरनेट सञ्जालको दुरूपयोग नै मुख्य कारण

सूचना प्रविधिको दुरूपयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखाएको छ ।

नेपालमा अहिले दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, तीमध्ये अधिकांशको मृत्युको कारण नयाँ प्रविधिको दुरुपयोग नै बन्ने गरेको छ । नेपाल प्रहरीको रिपोर्ट लेख्छ– ‘समाजमा हुने विभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’

मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । नेपालमा एक वर्षमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।

नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग सुरू हुनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डीआईजी पोखरेलले बताएको खबर दीपक रिजालको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर