रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीहरुमध्ये ५ सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुनविपरीत काम गरेको आरोपमा जेल परेका हुन् ।
कतिपय परिबन्दले पनि जेल पुगेका छन् । रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये ५ सय ३२ जना विभिन्न आरोपमा जेलमा रहेको खबर रुद्र खड्काको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।