newskoseli.Com

७३०४ नेपालीको विदेशमा मृत्यु : वैदेशिक रोजगारीको दुःखद् पाटो

फाइल तस्बिर

वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार ३ सय ४ जनाको विदेशमै ज्यान गएको छ । नेपालबाट हरेक वर्ष ४ लाखको हाराहारीमा नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता समस्याका कारण नेपाली कामदारको विदेशमा मृत्यु हुने गरेको छ । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन् ।

आर्थिक वर्ष ०६६–६७ देखि यस आ.व. को जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १ सय ६८ महिला छन् । बोर्डका अनुसार चालु आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६ सय ६७ जनाको मृत्यु भएको छ, त्यसमा २१ जना महिला रहेको खबर तुलसी सुवेदीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर