newskoseli.Com

दुई अध्यक्ष दुईतिर : सरकार सञ्चालनबारे तीव्र मतभेद

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ ।

दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो । सरकारको कार्यशैलीप्रति बेला–बेलामा असन्तुष्टि जनाउँदै आएका प्रचण्ड प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले लिएका पछिल्ला निर्णयहरुको विपक्षमा देखिएका छन् ।

स्थानीय तहका ९ हजार १ सय ६१ कर्मचारीको पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनदेखि पार्टीको कार्यदिशासम्ममा दुई अधयक्षबीच फरकमत देखिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा अर्को नेतालाई जिम्मेवारी नदिएकामा पनि प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर