सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुंगिँदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच मतभेद तीव्र बनेको छ ।
तत्कालीन एमाले पृष्ठभूमिका अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’ को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’ का पक्षमा देखिएका छन् ।
राजनीतिक कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ कि ‘जनताको जनवाद’ हुने भन्नेमा पार्टीको शीर्ष तहमै मतभेद देखिएको छ । यही विवादका कारण एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।