newskoseli.Com

भारतीय ज्यादति : ‘बाँधजस्तो सडक’ ले नेपाली वस्ती डुबानमा

भारतले सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ ।

नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ नम्बर वडा डुबान परेका हुन् ।

बनियाँगाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौं गाउँ डुबानमा परेको खबर अर्जुन ओलीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर