newskoseli.Com

बोटमै बिक्यो ८१ लाखको बोधिचित्त, फेदमा भने द्वन्द्व !

बोधिचित्तको कारोबार सुरू हुँदै गर्दा हरेक वर्ष झैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ ।

‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो’– रोशी गाउँपालिका– ५ का स्थानीय समाजसेवी टुल्कु लामाले बताए । साविक सिसाखानी गाविस– ३ (हालको रोशी गाउँपालिका– ५) मा रहेको ठकु तामाङको कित्ता नम्बर ४९६ बाट कित्ताकाट भई कायम भएको कित्ता नम्बर ९७९ को १३ रोपनी १४ आना क्षेत्रफलको जग्गामा रहेको बोधिचित्तको ठूलो एक बोटमा फलेको फल २०७६ असार महिनामा टिप्न मिल्ने गरी एकमुष्ट ८१ लाख रुपियाँमा दुर्गालाल तामाङको समूहले खरिद गरी नगदै रकम भुक्तानी गरेको थियो ।

२०७५ चैत ५ मा इन्भेस्टमेन्ट बैंकको चेकबाट १० लाख, हिमालयन बैंकको चेकबाट १० लाख र बाँकी ६१ लाख रुपैयाँ नगदै ठकु तामाङले बुझेका थिए । चार महिना अगावै नगद भुक्तानी गरेको दुर्गालाल तामाङको समूहले वडा कार्यालयको रोहबरमा सम्झौता गरी ८१ हजार राजस्व समेत बुझाएको थियो । बिक्री मूल्यका आधारमा १ प्रतिशत राजस्व लिने निर्णय गाउँपालिकाले गरेको खबर मोतिराम तिमल्सिनाको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर