सत्ताधारी पार्टी एकताका समझदारीहरुबाट पछि हट्न थाले दुर्भाग्य हुने चेतावनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका छन् ।
नेकपा चितवनको शपथग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने उनले बताए ।
‘पार्टी एकता गर्दा जे–जे कुरालाई आधार बनाएर समझदारी गरेका छौं, हस्ताक्षर गरेका छौं, दस्तावेजीकरण गरेका छौं,’ उनले भने– ‘तिनबाट पछि–पछि हट्न थाल्यौं, कुनै न कुनै बहाना खोज्न थाल्यौं भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुनै सक्दैन ।’
सत्ताधारी नेकपामा क्रमशः देखापर्दै जान थालेको अनिष्टपूर्ण परिस्थितिप्रति प्रचण्डको लाक्षणिक चेतावनीसम्बन्धी यो खबर सविता श्रेष्ठको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।