newskoseli.Com

बाबु ‘इन्काउन्टर’ मा मारिए, छोराछोरी भन्छन्– ‘सीए र डाक्टर बन्ने सपना सकियो’

सरकारी जागिरबाट २०५४ मा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरीद्वारा नक्कली मुठभेडमा मारिएपछि उनका छोराछोरी भने पढाइ रोकिने चिन्ताका साथ विह्वल छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका– २, धरहरा स्थायी घर भएका पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका– १, लखन्देही खोलामा नक्कली ‘इन्काउन्टर’ मा प्रहरीले हत्या गरेको हो । लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको दावी सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले पक्राउ गरेर केही समयपछि पौडेलको हत्या गरेको भनिरहेको छ । मृत्यु भएको तीन दिनपछि शनिबार परिवारले शव बुझेर ‘हिन्दू परम्परा’ अनुसार बागमती नदीमा अन्त्यष्टि गरेका छन् ।

पौडेलका १५ वर्षका छोरा कुशल र ३७ वर्षीया श्रीमती कला किरिया बसेका छन् । बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन ।’

एउटा विडम्बनापूर्ण परिस्थितिको यो खबर पुष्पा थापाको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर