newskoseli.Com

ओली–प्रचण्डको आ–आफ्नै ताल : नेकपाभित्रको किचलो

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरणअघि शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद एकता भएको १३ महिनापछि पुनः चुलिएको छ ।

पार्टी एकतापूर्व नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको मार्गदर्शक सिद्धान्त वा विचार, पार्टी र सरकारको आलोपालो नेतृत्व गर्ने प्रश्न र कार्यदिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो कार्यान्वयन हुने अभिव्यक्ति केही दिनअघि अध्यक्ष प्रचण्डले दिएपछि त्यसले पार्टीभित्र राजनीतिक तरङ्ग ल्याएको थियो ।

नेताहरूको कार्यविभाजन, जनसंगठनहरूको एकीकरण, स्थानीय तहमा एकता आदि विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ । कार्यविभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ । पार्टी एकीकरण भएको तीन महिनामा एकताका सबै काम सम्पन्न गर्ने भनिए पनि आन्तरिक किचलोकै कारण १३ महिना बितिसक्दा समेत सो कामले पूर्णता पाउन नसकेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर