newskoseli.Com

नेपालमै पेट्रोलियमको अन्वेषण सुरू : व्यापक कच्चा पेट्रोलियम रहेको अनुमान

दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । त्यस क्षेत्रमा व्यापक अन्वेषणका लागि खानी तथा भूगर्भ विभागको तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।

अहिलेसम्मको खोज–अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुन सक्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले बताए । अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौता अनुसार अहिले चिनियाँ टोलीले नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी उनले दिए । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ ।

डा. सापकोटाका अनुसार अन्वेषण कार्यअन्तर्गत यस वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्यक्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यपछि, निर्धारण गरिएका क्षेत्रहरूमा तेस्रो वर्ष ‘ड्रिलिङ’ को काम सुरु गरिने जानकारी उनले दिए । जमिनबाट ४ दशमलव ४ किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने खबर भउचप्रसाद यादवको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर