newskoseli.Com

विप्लव नेकपाको प्रष्टोक्ति : ‘प्रतिबन्ध हटाऊ, नेता–कार्यकर्ता रिहा गर अनि मात्रै वार्ताको कुरा गर !’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीमाथिको प्रतिबन्ध हटाएर नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म सरकारले वार्ताको प्रचार गर्नु निरर्थक भएको प्रष्ट्याएको छ ।

पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या समेत गर्न थालेको भन्दै तत्कालका लागि सरकारसँग वार्ताको कुनै पनि सम्भावना नरहेको विप्लव नेकपाले जनाएको छ ।

‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले भने– ‘अब सम्भावना टर्‍यो, यता वार्तामा आऊ भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने ! हामीलाई यो कदापि स्वीकार्य छैन ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नै तर्फबाट वार्ताको पहल गरिरहेको विप्लव नेकपाका ती नेताको भनाइ रहेको खबर दीपेन्द्र विष्टको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर