newskoseli.Com

एकापसमा ‘नाडी छाम्दै’ ओली–प्रचण्ड–नेपाल !

नेकपाका वरिष्ठ नेता माधव नेपालले शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ नेता नेपालले लिए ।

प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि शुक्रबार बालुवाटार जानुअघि दाहालसँगको कुराकानीको ‘स्पिरिट’ बुझ्न नेता नेपाल खुमलटार पुगेका थिए । एक दिनअिघ ओलीले दाहालसँग ‘धेरै वादविवाद नगरौं, मिलेर जाऔं’ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका थिए ।

विगतमा ओलीसँग बढी निकट देखिने दाहाल अहिले नेपाल र ओलीलाई समदुरीमा राखेर हिँडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै बाक्लो भेटघाट नेपाल र दाहालबीच पनि चलिरहेको छ ।

ओली ट्रयाक बाहिर हिँड्न खोजेको वा आफूहरुलाई कर्नर पार्ने कोसिसमा रहेको बुझाइ अहिले नेपालमा मात्र होइन, दाहालमा पनि बढ्न थालेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर