newskoseli.Com

ओली–प्रचण्ड ‘छेडछाड’ : ‘नक्कली सिद्धान्तको पिँजडाभित्र प्रचण्ड, ओली संकीर्ण’

पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए ।

कार्यक्रम सुरु नहुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे । मञ्चमा पुग्नासाथ ओलीले दाहालसँग हाल मिलाए, त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे ।

बोल्ने क्रममा दुई नेताबीच छेडखानी समेत चल्यो । ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष प्रचण्डलाई व्यंग्य गरे । प्रचण्डले पनि मदन भण्डारी आग्रह–पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली चाहिँ संकीर्ण बनेको सांकेतिक आरोप लगाएको खबर कुलचन्द्र न्यौपानेको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर