newskoseli.Com

भीषण बम विस्फोट : ३४ को मृत्यु, ६८ घाइते

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली बम विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान विद्रोहीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र विद्रोहीहरुबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । सुरुमा विद्रोहीहरुले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको जानकारी प्रत्यक्षदर्शीले दिएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीहरु सो स्थानमा पुगेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । आक्रमण भएको स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका छन् र पत्रकारहरुलाई समेत यस इलाका जान अनुमति दिएका छैनन् ।

आक्रमण र त्यसपछिको अवस्थाबारे हालसम्म प्रहरी र तालिबान समूहले केही टिप्पणी गरेका छैनन् । घाइतेमध्ये कयौंको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर