newskoseli.Com

तीन नेतामा अल्झियो ‘संक्रमणकालीन न्याय’ !

कसलाई अध्यक्ष बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई अयोग पुनर्गठनमा ढिलाइ भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरुबीच रस्साकसी हुँदा सत्यनिरुपण तथा मेलमिलाप अयोग र बेपत्ता छानबिन अयोग तीन महिनादेखि पदाधिकारीविहीन छन् ।

पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा तीन महिनाअघि सिफारिस समिति बनेको भए पनि राजनीतिक सहमति नजुटेकाले त्यसले समेत सिफारिस गर्न सकेको छैन । केही अघि प्रधानमन्त्री केपी शर्मा ओलीले यी आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयमा सहमति कायम गर्ने जिम्मा शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएका थिए ।

प्रचण्ड र देउवाबीच यसबारे पटक–पटक छलफल भए पनि सहमति जुटेका छैन । सहमति जुटाउन कांग्रेसका तर्फबाट मीनेन्द्र रिजाल र रमेश लेखक तथा नेकपाबाट सुवास नेम्बाङ र वर्षमान पुन सम्मिलित कार्यदल पनि बनाइएको थियो । कार्यदलसहितै देउवा र प्रचण्डबीच बैठक भए पनि कसलाई सिफारिस गर्ने भन्ने निष्कर्ष अझै ननिस्किएको खबर घनश्याम खड्काको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर