newskoseli.Com

मेलम्चीमा सोझै ठेक्का : एक अर्ब रूपैयाँको घोटाला…

मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको पाइएको छ । आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषदबाट विनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएको हो ।

तीन प्रतिशत कामका लागि आयोजनाले मन्त्रिपरिषदबाट २ अर्ब ६३ करोड रुपैयाँमा विनाप्रतिस्पर्धा ठेक्का दिने निर्णय गरेको थियो जबकि सीएमसीले त्यही काम १ अर्ब ५५ करोड रुपैयाँमा गर्न लागेको थियो ।

यसरी डेढ अर्ब रुपैयाँमा सकिने कामलाई २ अर्ब ६३ करोड रुपैयाँ ठेक्का दिने निर्णय गराएर १ अर्ब ८ करोड रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको खबर विकास थापाको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर