newskoseli.Com

दुई अध्यक्षबीच फेरि प्रतिवेदनमै रस्साकस्सी : एकीकरण र बाँडफाँट ओझेलमा

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच रस्साकस्सी नै सुरु भएको छ ।

पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुन सकेको छैन । प्रकाशन गर्ने अन्तिम तयारीमा पुगिसकेको अवस्थामा त्यसमा समावेश गर्ने विषयवस्तुहरू (कन्टेन्ट) मा पुनः कुरो नमिलेपछि विवाद सुरु भएको हो ।

नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त प्रतिवेदनमा ‘जनताको बहुदलीय जनवाद’ समावेश गर्नुपर्ने प्रस्ताव दोहोर्‍याएपछि सहमति जुटिसकेको भनिएको प्रतिवेदनको अवस्था फेरि पहिलेकै बाटोमा फर्केको छ । संगठनात्मक एकीकरणको काममा जुटनुपर्ने अध्यक्षद्वय पुनः राजनीतिक प्रतिवेदनमै केन्द्रित हुनु परेको छ ।

सचिवालय बैठकले उक्त प्रतिवेदन सम्पादन गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई सुम्पेको थियो । र, दुई अध्यक्षबीच पार्टीको कार्यदिशाबारे पार्टी एकतापूर्व नै सहमति भइसकेको थियो । तर, सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन संशोधन गर्नुपर्ने माग उठेपछि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको एजेन्डा नै छायाँमा परेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर