newskoseli.Com

मन्त्री र सभापतिबीच भनाभन : मन्त्री भन्छन्– ‘बहिरालाई लाइसेन्स दिइँदैन’

संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच बिहीबार समितिको बैठकमै भनाभन भएको छ ।

बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयवस्तुबारे जानकारी गराएपछि मन्त्रीले ‘सबैका प्रश्नको जवाफ दिइरहनुपर्छ भन्ने छैन’ भन्दै बैठकको प्रक्रियाकै विषयमा असन्तुष्टि जनाएका थिए ।

मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्योलमा परेका थिए । सभापतिले ‘बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने’ विषयमा समेत छलफल हुने र सरोकारवालालाई पनि बोलाइएको भन्ने बित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएको खबर गंगा बरालको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर