newskoseli.Com

‘डन’ मनाङेको नेकपा प्रवेश : पार्टीभित्र जताततै विरोध

लामो समयदेखि ‘डन’ भनेर देशभर चर्चित रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सचिवालय सदस्य पुष्प कार्की पनि सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका दुवै जनालाई नेकपाका गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र अवीर लगाएर स्वागत गरे । उनले मनाङेलाई सत्ताधारी नेकपाको विधान समेत प्रदान गरे ।

नेकपा प्रवेश गरेका मनाङ विगतमा ‘डन’ का रुपमा चिनिन्थे । उनलाई अहिले पनि धेरैले ‘दीपक मनाङे’ उपनामबाटै चिन्छन् । प्रदेशसभा निर्वाचनमा उनलाई तत्कालीन वाम गठबन्धन (तत्कालीन एमाले र माओवादी केन्द्रसहित) ले मनाङ (ख) बाट उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर ‘डन’ छविका उनलाई आधिकारिक उम्मेदवार बनाउँदा मतदाता भड्किने भन्दै विरोध भएपछि अन्तिम समयमा टिकट दिइएन । गठबन्धनबाट टिकट नपाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे । स्वतन्त्र उम्मेदवार उनलाई तत्कालीन एमाले र माओवादी केन्द्रसहितको ‘वाम’ गठबन्धनले सघाएको थियो ।

मनाङेको पार्टी प्रवेशबाट पार्टीभित्रको माथिदेखि तलसम्मको ठूलो तप्का असन्तुष्ट बनेको छ । कतिपयले आ–आफ्नो सम्पर्कका नेतालाई भेटेरै त धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएर मनाङेको पार्टी प्रवेशप्रति असन्तुष्टि जाहेर गरेका छन् । मनाङेको पार्टी प्रवेशसम्बन्धी यो खबर शुक्रबारको नागरिक तथा कान्तिपुरलगायतका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर