newskoseli.Com

स्वयम्भूमा दलाई लामाको ‘जन्मोत्सव’, सरकारले लगाइदियो रोक

तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन गृह मन्त्रालयले रोक लगाएको छ । तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो ।

जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो । नेपालले ‘एक चीन नीति’ अख्तियार गर्दै आएको छ । चिनियाँ उच्च अधिकारीसँग गरिने हरेक पटकको भेटवार्तामा नेपालका सबै तहका नेता तथा प्रशासकले दोहोर्‍याउने शब्द हो– ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं ।’

‘चीनविरोधी गतिविधि गर्न नदिने’ भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न जिल्ला प्रशासनले अनुमति नदिएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिइएको बताएको खबरशनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर