newskoseli.Com

‘अविवाहित छोरी’ का बालबच्चा, जिम्मा लिने माइती नै !

‘अविवाहित छोरी’ ले जन्मघरमै बच्चा जन्माउँदा बा–आमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ ।

यो अनौठो प्रचलन कतिपयलाई त अपत्यारिलो पनि लाग्ला । तर, अपत्यारिलो भए पनि हुम्लामा अझै यस्तो परम्परा कायम छ । नाम्खा गाउँपालिकास्थित ‘हिमालपारिको गाउँ’ का रूपमा परिचित लिमी भन्ने ठाउँमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ‘ठिमाहा’ भनिन्छ ।

‘विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुबाले एकसरो सबै व्यवस्था गरिदिए । दुःखजिलो गरेर बसेकी छु’– लिमी, हल्जीकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाइन् । बुबाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यता अनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने काम बाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ ।

त्यसैगरी, बुबाले दिएको गरिखाने जमिन, पशुवस्तु, भाँडावर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् । त्यो कसरी ? प्रश्न उठ्न सक्छ । घरमा अर्की श्रीमती समेत भएका ती ‘अघोषित श्रीमान्’ कार्जाङ्मा त्यसरी एक्लै बसे पनि आउन भने छाड्दैनन् । तर, उनी दायित्व भने केही लिँदैनन् । तामाङ भन्छिन्– ‘अर्की छोरी पनि तिनकै हो तर ‘श्रीमान्’ भनेर सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ ।’

समाजमा अझै विद्यमान अनौठो ‘प्रचलन’ सम्बन्धी यो खबर राजन रावतको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर