नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ– लोग्ने–स्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्तिलाई सत्य सावित गरेका छन् ।
उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि ‘कोर्ट म्यारिज’ गरेका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका– १ बस्ने लिलामणि पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका– १ की जमुना पौडेलले असार ५ मा जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्ध–विच्छेद गरेका थिए ।
आफन्त र दुवैको सल्लाह अनुसार कुरा मिलेपछि सम्बन्ध–विच्छेद गरेको लिलामणि–जमुना दम्पतिलाई १७ दिनपछि फेरि अदालतले नै पुनर्मिलन गराएको खबर प्रेमनारायण आचार्यको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।