newskoseli.Com

अपराधको यो हद : अख्तियारकै पूर्वप्रमुखले दिए अख्तियारमै बयान !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव समेत रहेका बस्न्यातसँग अनुसन्धान अधिकृतको टोलीले ललितानिवास जग्गा प्रकरणमा बयान लिएको हो ।

‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो,’ अख्तियारस्थित सुरक्षा स्रोतले भन्यो– ‘किन आउनुभयो भनेर सोधखोज हुँदा बयानका लागि भन्ने भयो ।’ बस्न्यात निकट एक कानुन व्यवसायीका अनुसार अख्तियारको टोलीले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भन्ने उजुरी छानबिनका क्रममा आयोगमा आइदिन अनुरोध गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुखलाई भ्रष्टाचार आरोप छानबिनका क्रममा बयान लिएको यो नै पहिलो घटना भएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर