newskoseli.Com

‘डिलैमा घर छ, लान्छ कि भन्‍ने डर छ’ !

तीन दिन भयो, इटहरी– ४ स्थित गैरीगाउँका वासिन्दाले आँखा झिमिक्क गर्न नपाएको । निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाको बाढीले बगाउने हो कि भनेर तीन सयभन्दा बढी घरपरिवारका नागरिकले राम्ररी गाँस हाल्न समेत सकेका छैनन् ।

दिनभरि बाढीको ‘रमिता’ हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन् । परिवारका सदस्य जागै रहन्छन् । पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन् । त्यसैअनुसार सबै सतर्क रहन्छन् । दुई वर्षअघि साउन २७ गते राति वस्तीका सबै वासिन्दा खाना खाएर सुतेका थिए । राति एक्कासि बाढी आयो ।

मध्यरात उर्लिएको बाढी त्यही वस्तीका ६ जनाको ज्यान लिएर सामसुम भएको थियो । परिवार गुमाउनेहरू अझै त्यहीं बसिरहेका छन् । त्यो बाढीमा ४ घन्टा पौडिएर बाँचेकी सानुमाया राई भन्छिन्– ‘अन्त कहाँ जानु ? बाढी कतिखेर आउँछ, थाहा हुँदैन ।’

बूढीखोलाको डिलैमा घर छ, बाढीले लान्छ कि भन्ने डर छ भन्ने यो खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर