newskoseli.Com

विप्लवसँग ‘वार्ता गर्न’ ३ थरी सम्पर्क–सूत्र !

आफैंले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले तीनथरी छुट्टाछुट्टै संयन्त्र परिचालन गरी ‘वार्ताको तयारी’ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आ–आफ्ना बेग्लाबेग्लै ‘विश्वासपात्र’ नेताहरुलाई परिचालन गरी विप्लव नेकपालाई वार्तामार्फत राजनीतिको ‘मूलधार’ मा ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने अध्यक्ष प्रचण्डले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई विप्लवसँग वार्ताको माहोल बनाउने जिम्मा दिएका छन् ।

तर, विप्लव नेकपाले भने तीन वटै टोलीसँग सम्पर्क हुँदा ‘पार्टीमाथिको प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता–कार्यकर्ताको निःसर्त रिहाइ तथा हत्या, दमन, धरपकड रोकेर सरकारले राजनीतिक इमानदारी देखाए हामी वार्ताविरोधी होइनौं, वार्ता प्राविधिक समाधनतिर भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्नेमा हाम्रो जोड छ’ भन्ने सन्देश पठाएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर