newskoseli.Com

सर्वोच्चलाई अटेर गर्दा काठमाडौं डुबानमा

भूमाफियाले हडपेको जग्गा फिर्तासम्बन्धी सर्वोच्च अदालतको आदेश र छानविन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास वर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ ।

उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोबीखोला, मनोहरा, गोदावरीलगायतका नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला मानववस्ती पसेर जनधनको क्षति हुने गरेको छ ।

उपत्यकाका अधिकांश नदी तथा खोला अतिक्रमणकै योजनाअनुसार करिडोरमा बाटो बनाएर नदीलाई सीमित दायरामा कैद गरिएको छ । खोलाको प्राकृतिक बहाव छेकेर भूमाफियाको सेटिङमा नदीको धार साँघुरो बनाइएको खबर मातृका दाहालको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर