newskoseli.Com

‘प्रतिबन्ध’ पछि पहिलो पटक ‘सरकार–विप्लव छलफल’ !

पार्टीमाथि ‘प्रतिबन्ध’ लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलो पटक अनाैपचारिक छलफल भएको छ ।

गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ ।

‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन तर छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ’– पाण्डेले भने । सरकारले २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएको थियो । र यसबीच, दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।

विप्लवका नेताहरूसँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगञ्ज पुगेका छन् । त्यही आपसपास मंगलबार उनले विप्लव नेकपाको शीर्ष नेतृत्वसँग वार्ता गर्ने स्रोतको दाबी छ । तर, पाण्डेले भने आफू वार्ताका लागि नभएर अन्य कामका लागि नेपालगञ्ज आएको जिकिर गरेको खबर वीरेन्द्र ओलीको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
विप्लवसँग ‘वार्ता गर्न’ ३ थरी सम्पर्क–सूत्र !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर