newskoseli.Com

काठमाडौंकै राम मन्दिर : जग्गा थियो ३७३ रोपनी, बाँकी जम्मा ३ रोपनी

राजधानीकै गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र बाँकी छ ।

मन्दिरका नाममा नाङ्लेभारे, लप्सीफेदी र साँखुमा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ । जग्गाको खासै आयस्ता पनि आउँदैन । वर्षमा २ देखि ३ लाख रुपैयाँसम्मको बाली आउने गरेको जानकारी रामचन्द्र मन्दिर गुठीका सदस्य सचिव केशवध्वज राणाले दिए । ‘सबै जग्गा मोहीले कमाएका छन्,’ उनले भने– ‘बाली भन्दै कसैले अलि–अलि बुझाउँछन् ।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ, कति छ भन्ने यथार्थ विवरण गुठीसँग नभएको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर