जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुरनावलोकन गर्न अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले पाकिस्तानलाई आदेश दिएको छ ।
पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको सैनिक अदाललतले सन् २०१७ मा मत्युदण्डको सजाय सुनाएको थियो । उनीमाथि लागेको आरोपको खण्डन गर्दै भारतले संयुक्त राष्ट्रसंघको अदालतको ढोका ढक्ढक्याएको थियो ।
जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै हस्तक्षेप गर्न भारतले आईसीजेमा निदेवदन दिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।