प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर, सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकर्मी खटाइएको छ ।
सभामुख महराले २८ जना सुरक्षाकमी पाएका छन् । तर, उनकै हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन् ।
दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन् । दुवै पदाधिकारीका अगुवा, पछुवा र क्याटरमा सो संख्यामा सुरक्षाकर्मी खटिएको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।