newskoseli.Com

कांग्रेसमा कोइराला परिवारको सक्रियता : नेतृत्व दावीका साथ यस्तो छ रणनीति…

नेपाली कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थिए– सुशील कोइराला सभापति छँदासम्म । १३औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि मूल नेतृत्वबाट कोइराला परिवार बाहिरियो । उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए । पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भए । डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए ।

१४औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउने रणनीति बनाउन क्रियाशील छन् । महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन् । कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन् । जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ । शशांकले गत सोमबार आफ्नो निवासमा शेखर र सुजातासहित लन्च मिटिङ गरे ।

०७४ साउन २ मा सामूहिक लन्च गरी उनीहरूले पार्टीभित्र कोइराला परिवारको विरासतलाई पुनर्ताजगी गर्न लागेको सन्देश दिए । जीपी कोइराला फाउन्डेसनका नाममा गतिविधि थप तीव्रता पारिएको छ । उनीहरुले विराटगरबाट वीरगञ्जसम्म सामूहिक रूपमा मञ्चमा प्रकट मात्रै नभएर पार्टीको नेतृत्व समेत दाबी गरेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दौनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर