newskoseli.Com

पूर्वमन्त्री मोहनबहादुरको दावी : ‘मलाई बदनाम गराउन स्रोत नखुलेको रकमको प्रचार’

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बदनाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको दावी गरेका छन् ।

राजधानीको महाबौद्धस्थित ‘प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनका नाममा ६१ करोड रुपैयाँ स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वमन्त्री बस्नेतले स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता नै नभएको दावी गरेका छन् ।

सहकारीमा स्रोत नखुलेको ६१ करोड रुपैयाँ छ भनी प्रचार गर्नुलाई आफूले त्यसैको कडीका रुपमा लिएको पूर्वमन्त्री बस्नेतको दाबी छ । उक्त समाचार तथ्यहीन र कपोलकल्पित भएको भन्दै त्यो समाचारलाई विश्वास नगर्न उनले आग्रह गरेका छन् ।

यसैबीच, उक्त सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उनको परिवारका सदस्यका नाममा सो सहकारीमा खाता नभएकाले स्रोत नखुलेको पैसा समेत नराखेको उल्लेख गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर