newskoseli.Com

पूर्णता पाउँदै नेकपाको एकता : ‘आफ्ना’ लाई मिलाउन प्रचण्डलाई हम्मे !

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताका बाँकी कामलाई आइतबार पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभागहरु र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्ने भएको छ ।

विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने– ‘कतिपय विषयमा सहमति जुटिसकेको छ, केही विषयमा सहमति जुट्न बाँकी छ, सम्भवतः सचिवालय बैठकले बाँकी कामको टुंगो लगाउनेछ ।’

महत्त्वपूर्ण मानिएका विभागहरू र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल र संगठन विभागको प्रमुखमा वामदेव गौतम रहने सहमति जुटेको बताइएको छ ।

पूर्वएमालेबाट विभाग र आयोगका प्रमुख बन्नेहरुको नामावली तयार भएपछि पूर्वमाओवादी केन्द्रको भागमा परेका विभाग प्रमुखको नामावली टुंगो लगाउन प्रचण्डलाई सकस परेको छ । विभाग र आयोगको प्रमुख बन्ने आकांक्षीको संख्या धेरै हुँदा नाम टुंगो लाग्न नसकेको बताइएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर