newskoseli.Com

तीन दिन भारी वर्षा हुने भविष्यवाणी…

पर्दै, रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविदहरूले बताएका छन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

विशेषगरी काठमाडौं क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राजधानीमा राति र दिनमै पनि केही समय चर्को वर्षा हुने गरेको छ । छिनमै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उनी बताउँछिन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उनको भनाइ छ । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर