दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।
पाँचौं नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।