newskoseli.Com

‘नियन्त्रण पनि वार्ता पनि’ : विप्लवप्रति सरकारी नीति !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग ‘वार्ता र नियन्त्रण’ दुवै नीति अख्तियार गर्दै सरकारले अघि बढेको छ ।

मुलुक विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत ‘पहिले नियन्त्रण र पछि वार्ता’ को नीतिबाट नै राजनीतिक ‘मूलधार’ मा ल्याउन सफल भइएको निष्कर्षसहित सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई समेत सोही नीतिबाट भए ‘मूलधार’ मा ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

मंगलबार गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा समेत गृहमन्त्री रामबहादुर थापाले विप्लव नेकपालाई ‘नियन्त्रण र वार्ता’ दुवै नीतिबाट ‘मूलधार’ मा ल्याइने दावी गरे । गृहमन्त्री थापाले सञ्चारकर्मीसँगको अन्तर्क्रियामा विप्लव नेकपाबाट राजनीतिक स्थायित्व र प्राप्त उपलब्धिप्रति समेत चुनौती रहेको र सोही कारण मुलुकमा शान्ति सुरक्षा समेत पूर्ण रूपमा कायम हुन नसकेको बताएका थिए ।

सरकारले समिति बनाएरै विप्लव नेकपासँग वार्ताका लागि पहल समेत गरिरहेको छ । नेकपाका महासचिव विप्लवले भने सरकारले वार्ताको कुप्रचार गरेको जनाएका छन् । आफ्ना नेता माइला लामाको पक्राउपछि विज्ञप्ति जारी गरेर सरकारले वार्ताको कुप्रचार गरेको उनले जनाएको खबर महेश्वर गौतमको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर