newskoseli.Com

महानगरले किन उल्टाउँदैछ सर्वोच्चको निर्णय ?

सर्वोच्च अदालतको फैसलाविपरीत गएर ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङका लागि ठेक्का दिएको छ ।

स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ । साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालीन नगरपञ्चायत सभाले पोखरी नै कायम राख्नुपर्ने निर्णय गरेको थियो । त्यसबारे परेको विवादमा सर्वोच्चले २०२९ सालमै पोखरी नै कायम राख्नुपर्ने फैसला गरेको थियो ।

तर, अहिले महानगरले साउन १ देखि लागू हुने गरी पोखरीमा ५ वर्षका लागि पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको खबर प्रशान्त मालीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर