newskoseli.Com

सत्ताधारी नेकपा : विभागमोहको यस्तो उल्झन !

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका ३२ विभागमध्ये ६ वटामा ४ वटा पूर्वएमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताले नै आँखा लगाउँदा विवाद देखिएको छ ।

२०५०मा तत्कालीन एमालेको विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए । २०६४ मा भएको संविधासभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल २०६६ पछि पनि विदेश विभाग प्रमुख भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपाको विदेश विभाग प्रमुख पनि उनलाई नै बनाउने तयारी छ ।

२०४९ मा तत्कालीन एमालेमा प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एक पटक विदेश विभाग प्रमुख भइसकेका छन् । एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी रहेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागारिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर