भंगहा नगरपालिका, महोत्तरीकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको तथ्य गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो ।
पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूली आमालाई घटनाबारे जानकारी गराइन् । रोजगारीको प्रलोभन देखाएर आमाकै संरक्षणमा भारतको दिल्ली पुर्याएर गाउँकै ४० वर्षीय सीताराम महतोले १५ दिनसम्म बलात्कार गरेको पीडित बालिकाले सुनाइन् ।
बालिकाले दुःखेसो पोख्दै भनिन्– ‘मलाई बलात्कार गर्ने मान्छेसँग भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन्, अब मैले कुन आधारमा न्याय पाउँछु ?’ एउटा जघन्य घटनासम्बन्धी यो खबर कमलेश ठाकुरको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।