सरकारले आठौं पटक सार्वजनिक खरिद नियमावली संशोधन गर्दै काम पूरा नगरेका सबै ठेक्कालाई एक वर्ष म्याद थप गर्न सकिने प्रावधान राखेको छ । निर्माण व्यवसायी (ठेकेदारहरु) ले भने आफ्नो अनुरोध अनुसार नियमावली संसोधन भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।
आठौं संशोधनले जेठ २३ गतेअघि सम्झौता भएका तर काम नसकिएका ठेक्काको म्याद एक वर्ष थप गर्न बाटो खोलिदिएको छ । ‘जेठ २३ अघि खरिद सम्झौता भई कार्य सम्पन्न हुन नसकी म्याद थपका लागि निवेदन परेका सम्झौताको हकमा बढीमा एक वर्षका लागि म्याद थप गर्न सकिनेछ’– संशोधित व्यवस्थामा लेखिएको खबर विजय तिमल्सिनाको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।