newskoseli.Com

शिक्षक सरुवामा समेत ३ देखि ५ लाखसम्म कमिसन !

केही महिनाअघि रुपन्देहीको तिलोत्तमा ढिकुलीगढस्थित नमूना महिला आधारभूत विद्यालयमा प्रावि तहको एउटा दरबन्दी खालि भयो । शिक्षक दरबन्दी खालि भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए ।

निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे । अन्ततः दुई लाख बुझाउने सर्तमा स्याङ्जाबाट एक शिक्षक सरुवाका लागि प्रक्रियामा छन् । ‘विद्यालय कमजोर छ, केही सहयोग गरेर आउनुपर्छ भनेको छु,’ भट्टराईले भने–‘उहाँले हुन्छ भन्नुभएको छ ।’

तिलोत्ततमा गत शैक्षिक शत्रमा खालि दरबन्दीको भागबन्डा गरिएको थियो । पार्टीनिकट शिक्षक संगठनले दरबन्दी भागबन्डा गरेर शिक्षक सरुवा गरेका हुन् । एक शिक्षकका अनुसार सरुवामा कमिसनको ‘दररेट’ नै निर्धारण गरिएको छ । माध्यमिक तहका लागि ५ लाख तोकिएको छ र कम्तिमा चार लाख रूपैयाँ त बुझाउनैपर्छ । आधारभूत तहमा ३ लाख बुझाएर आउने धेरै छन् ।

‘पैसा नदिएसम्म विद्यालयको सहमति समेत पाइँदैन, सरुवा गराउने निकायमा बुझाउने कमिसन त अझै थप हुन्छ’– ती शिक्षकले भनेको खबर लक्ष्मण पोखरेलको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर