जम्मु–कश्मीरलाई दिइएको ‘विशेष राज्यको दर्जा’ खोस्ने निर्णय भारतले गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ । कश्मीर विवाद ७० वर्षदेखि संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकार मातहत ल्याउने निर्णय गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै कश्मीरीमाथि दमन भए ‘चुप नलाग्ने’ चेतावनी दिएका छन् । परमाणु हतियारसम्पन्न मुलुकले सकेसम्म खतरा निम्त्याउनु नहुने भन्दै भारतीय पक्षबाट चालिने जुनसुकै कदमका लागि जवाफ दिन पाकिस्तान सक्षम रहेको उनले बताएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।