newskoseli.Com

टेलिकमका ३ सय वरिष्ठको ‘जागिर खाइदिने’ सञ्चारमन्त्री र एमडीको प्रयास !

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तीन सयभन्दा बढी कर्मचारीको ‘जागिर खाइदिने’ सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा र प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ ।

‘मन्त्रालयले नेपाल टेलिकमलाई तीसवर्षे सेवा अवधि र अन्ठाउन्नवर्षे उमेरहदमध्ये जुन पहिले पुग्छ सोही आधारमा अनिवार्य अवकाश दिने गरी बोर्ड निर्णय गर्नू र अनुमोदनका लागि लोकसेवा आयोगमा पठाउनू भन्ने पत्र बुधबार खोलिएपछि हाम्रो अफिसमा ठूलो तनावको वातावरण सिर्जना भयो’– आधिकारिक ट्रेड युनियनका अध्यक्ष यादव पनेरुले भने ।

अध्यक्ष पनेरुका अनुसार पत्रको व्यहोराले एक स्वतन्त्र निकायको अधिकारक्षेत्र अतिक्रमण गरेको छ, यसलाई तीन वटै युनियनले विरोध गरे, आधिकारिक युनियनका तर्फबाट विज्ञप्ति समेत निकालेर मन्त्रालयको यस प्रकारको आदेश पालना हुन्छ भने हामी आन्दोलनमा उत्रन्छौं भन्दै दबाब दिइयो ।

कर्मचारीहरु संगठित भएपछि प्रबन्ध निर्देशक अधिकारीले ‘म मन्त्रालयलाई कन्भिन्स गर्छु’ भनेको पनेरुले जानकारी दिए । यही प्रयोजनका लागि मन्त्री बास्कोटा र सञ्चार सचिव महेन्द्रमान गुरुङलाई भेट्न अधिकारी मन्त्रालय गएको बुझिएको छ । यस सम्बन्धमा अधिकारीसँग जानकारी लिन खोज्दा उनको फोन नउठेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर